झापा, ७ फागुन । नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिले स्थानीय सरकार अर्जुनधारा नगरपलिकालाई ध्यानाकर्षण पत्र वुझाएको छ ।
अर्जुनधारा नगर उपप्रमुख खडगमाया पराजुली तथा शिक्षा शाखा अधिकृत हरि बहादुर कुवर योगिलाइ ध्यानाकर्षण पत्र एवम् जानकारी पत्र बुझाईएको हो ।
तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको शिक्षा ऎन संसोधन हुदै आएको र उक्त ऎनले बिद्यालय शिक्षाको प्रवन्ध र शिक्षक कर्मचारीको पेशागत बिकासका कुराहरु नसमेटिएकोले शिक्षक कर्मचारीले पटकपटक आन्दोलन गर्दै आएको उल्लेख गर्दै बिगतमा भएको सबै सहमति सम्बोधन हुने गरि बिद्यालय शिक्षा ऎन जारी गर्न सरकारलाई देशै भरिबाट दवाब दिन फागुन ६ गते महासंघले स्थानीय सरकार मार्फत सबै नगर र गाउँपालिकामा ध्यानाकर्षण पत्र बझाएको नगर अध्यक्ष चन्द्र खत्रीले बताउनु भयो ।
त्यसैगरी क्रमस यहि फागुन ९ गते शिक्षा बिकास तथा समन्वय इकाई चन्द्रगडी झापामा सबै नगर र गाउँपाकिकाबाट ध्यानाकर्षण पत्र बुझाउने शिक्षा प्रबिधि बिकास समिति कोशी प्रदेश प्रतिनिधि रुपक दाहालले जानकारी दिनु भएको छ ।
यसै क्रममा शिक्षा ऎन जारी हुनबाट अवरोध भए प्रदेश र केन्द्रमा लाखौं शिक्षकको सहभागी गराइ दवाव एव आन्दोलन गरिने नेपाल राष्ट्रिय शिक्षक सगठन झापाका उपाध्यक्ष पुन्य सुबेदी, एकीकृत अखिल नेपाल शिक्षक सगठन कोशी प्रदेश समिति महा लसचीव कपिल तिमसिना, जनप्रतिनिधि वडा न ९ अध्यक्ष भीष्म मिश्र,नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक सगठन नगर अध्यक्ष केदार प्रसाद पोख्रेल,नेपाल कर्मचारी परिषद नगर उपाध्यक्ष अमर राउत लगायतले मनत्ब्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक महासंघ नगर सचीव टन्क न्यौपानेले गर्नु भएको थियो ।