Logo

नेपाल बिरुद्ध ओमान: इतिहासमा कसको पकड बलियो? दुई टिमबीचको हेड-टु-हेड विश्लेषण



काठमाडौं, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टोलीबीचको पुरानो प्रतिस्पर्धा सदैव रोमाञ्चक रहँदै आएको छ। पछिल्ला वर्षहरूमा दुवै टिमले आपसमा उत्कृष्ट प्रदर्शन देखाएका छन्। उनीहरूको हेड-टु-हेड इतिहास कस्तो छ ?

टी-२० अन्तर्राष्ट्रियमा ओमान बिरुद्ध नेपालको वर्चस्व

नेपाल र ओमानबीच अहिलेसम्म ८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। त्यसमध्ये नेपालले ५ खेल जितेको छ भने ओमानले ३ खेलमा जित हासिल गरेको छ। पछिल्ला म्याचहरूमा नेपालको प्रदर्शन उल्लेखनीय रहेको छ ।

१. १० अक्टोबर २०१९ – ओमान vs नेपाल, ओमानले ६ विकेटले जित्यो ।

२. ११ फेब्रुअरी २०२२ – ओमान vs नेपाल, नेपालले ६ विकेटले जित्यो ।

३. १८ फेब्रुअरी २०२२ – नेपाल vs ओमान, नेपालले ३९ रनले जित्यो ।

४. २४ फेब्रुअरी २०२२ – ओमान vs नेपाल, नेपालले ९ विकेटले जित्यो ।

५. २ नोभेम्बर २०२३ – ओमान vs नेपाल, ओमानले ५ रनले जित्यो ।

६.  ५ नोभेम्बर २०२३ – नेपाल vs ओमान, म्याच टाई भयो (ओमानले सुपर ओभरमा जित्यो)

७.  २९ सेप्टेम्बर २०२३ – नेपाल vs ओमान, नेपालले ३७ रनले जित्यो ।

८. २ अक्टोबर २०२४ – नेपाल vs ओमान, नेपालले ५६ रनले जित्यो ।

सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ ।

विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी-२० विश्वकप खेल्नेछन्।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६-६ अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अंकबिहीन छन्।

नेपाल हाल बलियो फर्ममा रहेको छ, युवा खेलाडीहरूको जोश उच्च छ।

ओमानको बलिङ बलियो भए पनि, पछिल्ला केही खेलमा उनीहरूको स्थायित्वमा कमी देखिएको छ।

यदि नेपालले टस जितेर ब्याटिङ लिन्छ भने मध्यम स्कोरमा पनि जित्ने सम्भावना उच्च हुने अनुमान विश्लेषकहरूले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्