काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स रू १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल रू नौ करोड ८४ लाख ९१ हजार नौ सय ८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स रू सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच र एशियन लाइफ इन्स्योरेन्स रू सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।