Logo

नेप्से परिसूचक उच्च अङ्कले बृद्धि



काठमाडौँ, १२ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो ।

कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्