मेचीनगर, २७ भदौ । धुलाबारी माबिका विद्यार्थीहरुका लागि विद्यालयसम्म पुग्न असहज वातावरण भएको गुनासो बढेपछि नेबिसंघ धुलाबारी मावि एकाई समितिको नेतृत्वमा यातायातको व्यवस्था गरिएको छ ।
नेबिसंघले काँकरभिट्टादेखी धुलाबारी माविसम्मै पुर्याउने गरि विद्यार्थीहरुका लागि न्यून शूल्कमा बसको व्यवस्थापन गरेको हो ।
उक्त बस व्यवस्थापन लागि नेबिसंघ काँकरभिट्टा माविका उपसभापति बरदान खड्का र बस व्यवसायी जीवन खड्काले सहजीकरण गरेको विद्यार्थी नेता श्रीजीतजंग ढुंगानाले जानकारी दिए ।
सार्वजनिक यातायातले विद्यार्थीलाई चढाउन नमानेपछि मेचीनगरमा गत भदौ ८ गते विद्यार्थीहरुले यातायात अवरोध समेत गरेका थिए ।






