झापा, ५ माघ । नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा सञ्जय निरौला चयन भएका छन् ।
उनलाई जिल्ला पार्टीको सिफारिसमा केन्द्रिय समितिबाट सभापतिमा चयन गरिएको हो ।
अबको तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघ झापा जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अध्यक्षको जिम्मेवारी पाएका निरौला यसअघि नेबिसंघ झापाका जिल्ला प्रवक्ता रहेका थिए ।







