काठमाडौँ, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् ।
उनले ४२ हजार ७ सय ६१ मत पाएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६१ मत पाएका छन् ।
नेमकिपाको यो पहिलो जित हो ।







