दमक,१३ पुस । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको सभापतिमा पुन: चन्द्र साह चयन भएका छन् ।
रेडक्रस कमलको १० औ उपशाखा सभाको निर्वाचन कार्यक्रमबाट साह पुन: सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
११ सदस्यीय निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्रकला भण्डारी,सचिवमा पारषमणि राई, उपसचिवमा बिष्णु सुब्बा, कोषाध्यक्षमा प्रमोदकुमार दाहाल र सहकोषाध्यक्षमा सन्तोष राई रहेका छन् ।
यसैगरी, सदस्यहरुमा रविन कार्की, सुरेन्द्र लिम्बू, तुलसी तिवारी, सीताराम चम्लागाई र महिला सदस्यमा बिमला भट्टराई निर्वाचित भएको निर्वाचन समितिका संयोजक मित्रदेव काफ्लेले बताए ।
दुई बर्षे कार्यकालका लागि निर्वाचित सभापति साह उपशाखाका संस्थापक सभापति समेत हुन् ।






