Logo

नेविसंघका असन्तुष्ट कार्यकर्ताले आज देउवा निवास घेराउ गर्ने



काठमाडौँ, २५ साउन । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन् ।

असन्तुष्ट समूहका विद्यार्थी नेताले बुधवार पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि सभापतिको घर घेर्न जान लागेको बताए । उनीहरुले नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिएका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्