Logo

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान



काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् ।

तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्