Logo

नेविसङ्घले लगाएकाे ताला खाेल्न माग गर्दै प्रदर्शन



काठमाडौँ, २६ जेठ । त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोल्नुपर्ने माग गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले त्रिविमा पाँच महिनादेखि लगाएको ताला खोल्नुपर्ने माग गर्दै अनेरास्ववियुले बिहीवार त्रिविमा प्रदर्शन गरेको हो ।

उनीहरूले बन्द सधैँका लागि बन्द गरौँ‚ तालाबन्दी सधैँका लागि बन्द गरौँ, गुन्डागर्दी अन्त्य गर लगायतका नारा लेखिएका ब्यानर र प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्