बेलायत, २१ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ ।
नोबेल पुरस्कार कमिटीका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बियालियात्स्की, रुसको मानव अधिकार सङ्गठन ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार सङ्गठन ‘सिभिल लिबर्टिज’ लाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
सम्मानको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले भनेको छ, ‘शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आआफ्नो देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छ । उनीहरूले वर्षौँसम्म सत्ताको आलोचना गर्दै नागरिकको आधारभूत अधिकार संरक्षणका लागि काम गरेका छन् ।’
यस्तै बेलारुसी मानव अधिकारकर्मीका साथै रुस र युक्रेनका अधिकारवादी संस्थाले युद्ध अपराध र सत्ताको दुरुपयोगको मामिलामा प्रतिवेदनका लागि उत्कृष्ट काम गरेको पुरस्कार कमिटीले जनाएको छ ।