काठमाडौँ, २५ भदौ । सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् ।
३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।
यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।