Logo

जोकोभिच विम्बल्डनको फाइनलमा



अमेरिका, २५ असार । शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३-१ को सेटमा हराउँदै जोकोभिच आठौँ पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् ।

जोकोभिचले पहिलो सेट ६-२ ले गुमाएका थिए तर त्यसपछिका तीन सेट ६-३, ६-२ र ६-४ ले आफ्नो पक्षमा पारे । जोकोभिचले अब उपाधिको लागि अष्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडालले चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्