Logo

न्यायाधीश भुवन गिरी काठमाडौँबाट पक्राउ



काठमाडौँ, २८ चैत । न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई मङ्गलवार काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले पक्राउ परेका न्यायाधीश गिरीलाई प्रक्रिया पुर्‍याएर कपिलवस्तु पठाइने पनि बताए ।

न्यायाधीश गिरीले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै श्रीमती आरती गिरी रावलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएको मङ्सिरमा जाहेरी दिएकी थिइन् । जाहेरीमा श्रीमानले आफूलाई पटक–पटक कुटपिट, यौन शोषण र हिंसा गरेको उल्लेख छ । न्यायाधीश गिरीले पनि श्रीमतीले पैसा चोरेको भन्दै उजुरी दिएका थिए ।

गएको असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएका गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाडौँमा सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्