Logo

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा



न्युजिल्याण्ड, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् ।

आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् ।

बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भन्नि । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्