Logo

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानले जित्याे उपाधि



क्राइस्टचर्च, २८ असोज । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ ।

शुक्रवार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

क्राइस्टचर्चमा जितका लागि पाएको एक सय ६४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा पाँच विकेट गुमाएर भेटायो । पाकिस्तानका मोहम्मद नवाजले नटआउट ३८ र मोहम्मद रिजवानले ३४ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिएका थिए ।

यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ५९ रन बनाए । यस्तै ग्लेन फिलिप्सले २९ र मार्क चापम्यानले २२ रन जोडे । बलिङतर्फ पाकिस्तानका नसीम शाह र हरिस रउफले दुई–दुई विकेट लिएका थिए ।

त्रिदेशीय शृङ्खलामा पाकिस्तान, न्युजिल्यान्ड र बङ्गलादेशको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्