काठमाडौँ, १७ जेठ । न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाडौँ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।