Logo

न्यूटन्सको सप्ताहब्यापी खेलकुद सम्पन्न



बिर्तामोड, १८ कार्तिक । न्यूटन्स् एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड-५ मा रहेको सो विद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम अनुसार विभिन्न बिधाका खेलकुद गराईएको विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।

सप्ताहब्यापी रुपमा सञ्चालन भएको खेलकुदको आज एक बिशेष कार्यक्रम गर्दै समापन गरिएको हो । कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

उक्त समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिब बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल, बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन, विद्यालय व्यवस्थापन समिति सदस्य गोपि कृष्ण प्रसाईं, मन्जु राई, अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टरा , उपाध्यक्ष गौरी भण्डारी, लब चौधरी लगायतको उपस्तिथि रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईंको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत गरेका थिए भने सञ्चालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्