Logo

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

“सबै सचिवले आ-आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, एक महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ”, सचिवलाई निर्देशन दिँदै उनले भने ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्न आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले विश्वासको मत पाएपछि न्यूनतम् साझा कार्यक्रम दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा दृढताका साथ अगाडि जानुको पक्षमा कुनै विकल्प छैन”, प्रधानमन्त्री दाहालले भने ।

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सत्ता साझेदार दलहरुको एकताको आधार भएको उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक, राष्ट्रिय, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीतिसम्बन्धी सबै विषय कार्यक्रममा समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्