Logo

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने



काठमाडौँ, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ ।

एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन । कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नसकेको हो ।

कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने जानकारी दिए ।

पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको पनि बताए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलको सुझाव समेट्दै ड्राफ्ट तयार भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्