Logo

न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर



अमेरिका, १७ मंसिर । विश्वको सबैभन्दा महँगा सहरहरू न्यूयोर्क र सिङ्गापुर रहेको वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले जनाएको छ ।

त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा माथि आएको हो । गत वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ ।

इआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८.१ प्रतिशतले बढेको छ ।

युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिडले पारेको असर त्यसका कारण ठानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्