Logo

पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिनुपर्ने अवस्था छैन: नेम्वाङ



काठमाडौँ, १४ माघ । सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङले देशको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटकपटक दोहोर्‍याएका हुन् ।

शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई थियो ।

उपाध्यक्ष नेम्वाङले भने, ‘सम्मानित सर्वोच्च अदालतको निर्णयले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । अब के हुन्छ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तरगत हामी यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो ।’

प्रतिक्रिया दिनुहोस्