झापा, २९ भदौ । पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९९ जनामा झरेको छ ।