Logo

पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना



काठमाडौँ, ३१ भदौ । पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय २७ जनाको नमुना परीक्षण गरेकोमा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ जनामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्