Logo

पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, ११ वैशाख । पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्