काठमाडौँ, १९ भदौ । पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी तीन हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई सय ३० जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय २८ जनामा झरेको छ ।