Logo

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु



काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

आज थप तीन जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा तीन सय सात जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्