काठमाडौँ, ८ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।