Logo

पछिल्लो २४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण



झापा, २९ वैशाख । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ । यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्