Logo

पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना



काठमाडौँ, ६ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार १६८ जनाले पिसिआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ ।

त्यस्तै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्