Logo

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना



काठमाडौँ, १४ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्