Logo

पछिल्लो २४ घण्टामा दुई सय ६९ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५७ जनाको नमुना परीक्षण गर्दा दुई सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा तीन हजार एक सय ५८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्