Logo

पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, २५ असार । पछिल्लो २४ घण्टामा १०० जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्