Logo

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिए



काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर १० जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ सय ७८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित थपिएका हुन्।

आज ७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्