काठमाडौँ, ४ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३६ जना कोरोना संक्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७५ जनामा झरेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।