काठमाडौँ, १६ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १९ जना निको भएसँगै कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ४३ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।