Logo

पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण



काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन हजार ८३३ वटा नमुना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ३१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्