Logo

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५२ को पिसीआर र एक हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्