काठमाडौँ, २१ असार । पछिल्लो २४ घण्टामा देशभरमा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसिआर र एक हजार १५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५५५ पुगेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।