झापा, २२ कात्तिक । शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हुन् पुष्पराज पोखरेल । पञ्चायत बिरुद्ध झापा जिल्ला पञ्चायतको जनपक्षीय जिल्ला उपसभापति भएका पोखरेल २०४६ सालको परिवर्तन पछि मेयर र सांसद्सम्म भए । त्यही परिचयसाथ पोखरेल झापा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सांसदको प्रत्यासी भएका छन् ।
यो पुष्प पोखरेलको बिगतको पहिचान हो । त्यो भन्दापनि उनी परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले पञ्चायत विरुद्ध निर्वाह गरेको भूमिकाले । उनले राजनीतिक परिवर्तनका लागि खेलको भूमिका सराहनीय मानिन्छ ।
ओखलढुङ्गामा जन्मेका पुष्प परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनीतिमा होमिए । राजनीति कहिलेकाँही खुसी भन्दा पनि जबरजस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोगकर्ता हुन पुष्प पोखरेल । १६ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय उनी झापाली कम्युनिष्ट आन्दोलन शसक्त व्यक्तित्व मध्येका एक हुन् ।
१८÷१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्विलो उदाहरण हो । पार्टी पद्धति र सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माण र नागरिकको समस्याको सवालमा उनी त्यति नै केन्द्रित छन् ।
सानैदेखि पृथक सोच र सकारात्मक धारणा भएका उनी पार्टी पंक्तिमा अध्ययशिल नेता, शालिन र बेदाग ब्यक्तित्वका रुपमा स्थापित छन् । यो उनको पार्टी पंक्तिभित्रको अर्को परिचय हो ।
२०३२ सालबाट भूमिगत कोअर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उनी २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बनेका थिए । २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू सभापति भएका पुष्प २०४३ सालमा जनपक्षीय जिल्ला उपसभापतिमा निर्वाचित भए । स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उनलाई स्वर्गीय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराए । त्यसपछि उनी निरन्तर जनताको पक्षमा उभिएका छन् ।
२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उनी त्यो बेला ३ महिना जेल परे । २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पुष्प पोखरेलले २०५१ सालको मध्यावधि निर्वाचनमा साविक झापा क्षेत्र नं. १ बाट जनताको मन जित्दै सासंद भए ।
लामो समय नेकपा एमालेको राजनीतिमा होमिएका पुष्प पोखरेलले पार्टीको केन्द्रीय परिषद सदस्यको जिम्मेवारी पनि वहन गरे । तर, पछिल्लो समय नेकपा विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका छन् ।
पञ्चायत कालमा जनपक्षीय जिल्ला पञ्चायत झापाको उपसभापति भएर धाराप्रवाह भाषण गर्ने त्यस बेलाका चर्चित युवा नेता पोखरेल अहिले भिन्ने मोर्चाबाट निर्वाचनमा होमिएका छन् । पोखरेलका भाषणले पञ्चायत र पञ्चहरुको सातो जाने गर्दथ्यो । पञ्चारयत काल होस् वा २०४० साल पछि प्रजातान्त्रिक काल होस्, पुष्पराज पोखरेलको झापामा अलग्गै पचिाहन र सान थियो । पार्टीका साखै जनआधार नभएका पोखरेलले गठबन्धन र आफ्नो पुरानो व्यक्तित्वका आधारमा निर्वाचित जित्नु पर्ने अवस्था छ ।