Logo

पटकपटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढ्यो: अध्यक्ष नेपाल



काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटकपटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् ।

अखिल नेपाल महिला संघको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा नकारात्मक हुने अवस्था आएको गुनासो गरेका हुन् ।

“अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ । आफूले पाएको छैन भने अनुहार नै अँध्यारो । पाएको छ भने छोइनसक्नु,” उनले भने “आफूले पटक-पटक पाएको छ भने ठिक अरूले एकचोटि पाउन थाल्यो भने त्यसलाई सकारात्मक रूपमा नलिने । यस्ता खालका रोग महिला, पुरुष ,युवा, विद्यार्थी समाजमा देखिएको छ ।”

उनले कम्युनिस्ट आन्दोलनमा हुँदै आफ्नो पार्टीमा पनि देखिन थालेको गुनासो गरेका थिए ।

“सधैँ अवसर दिए पार्टी जिन्दावाद भन्ने । अवसर पाउन्न कि भन्ने लागे तुरुन्तै हाम फाल्ने । अन्त गएर राजनीतिक जीवन समाप्त पार्ने प्रवृत्ति देखिएको छ,” नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्