Logo

पत्रकारसँग जनप्रतिनिधिको टिम पराजित



मेचीनगर, २७ माघ । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ ।

वडा खेलकुद विकास समिति मेचीनगर-९ को आयोजनामा कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो ।

दोश्रो हाफको पहिलो मिनेट मै जनप्रतिनिधि तर्फबाट विशाल कार्कीले गोल गर्दै अग्रता दिलाए पनि उक्त अग्रतालाई जोगाउन नसक्दा पत्रकारको टिम विजयी भएको छ ।

पत्रकारको टिमका लागि दोश्रो हाफको ८ औँ मिनेटमा विश्वास दाहालले गोल गर्दै खेल बराबरीको स्थितीमा पुराएका थिए । त्यसपछि झन आक्रमण खेल प्रस्तुत गरेको पत्रकारको तर्फबाट खेल सकिन दुई मिनेट अगाडी गोविन्द घिमिरेले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्