विर्तामोड,३ वैशाख । संघीय गणतानित्रिक नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपाली पत्रकारिता साउथ एशियामा नै अगाडि रहेको बताउनु भएकोछ ।
बिर्तामोडमा सोमबार नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा एक करोड रुपैयाँ पुगेको घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व राष्ट्रपति डा यादवले विदेशीहरूसँगको भेटमा नेपालको पत्रकारिता उत्कृष्ट रहेको बताउने गरेको अनुभूति पनि सुनाउनुभयो ।
उहाले झापाबाट देशभरका पत्रकारहरुले पाठ सिक्न आवश्यक रहेको भन्दै देशभरका शाखाहरुले यो अभियान चलाएर कोष बनाउने हो भने कुनैपनि पत्रकारलाई उपचारमा कठिन नहुने सुझाव पनि दिनुभयो । उहाले पत्रकार महासंघ झापा शाखाको स्तरवृद्धि गरिएको भवनको डिजिटल माद्ययमबाट उद्घाटन समेत गर्नुएको छ ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफू मुख्यमन्त्री भएको बेला प्रदेश भरका भवन बनाउन र पत्रकारको क्षमता विकासकालागि विभिन्न योजना दिएको स्मरण गर्दै आफू पत्रकारको हितमा सँधै पोजेटिभ भएको भन्दै अहिलेपनि एमालेको नेताको हैसियतले पत्रकारको हितार्थ सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
यसैगरी पूर्व मुख्यमन्त्री उद्धव थापाले पत्रकारको उपचारकोष बनाउन शुरुदेखिनै आफूले सुझाव र आवस्यक सहयोग गर्दै आएको बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले दाताहरुको सहयोगमा बनेको उपचारकोषको स्पष्ट कार्यविधि बनाएर पारदर्शी ढंगबाट सेवा दिन आग्रह गर्नुभयो । उहाले दाताहरुको सहयोगको दुरुपयोग गर्ने छुट महासंघलाई नभएको बताउनुभयो ।
कार्यक्रममा दाताहरुको तर्फबाट बोल्दै सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गर्न महाँसघघका तत्कालिन नेतृत्वलाई सुझाव दिएको स्मरण गर्दै अहिले आएर सो योजना पूरा भएकोमा खुशी मिलेको बताउनुभयो ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गर्नुभएको थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका गर्नुभएको थियो । झापामा दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् ।
सयवढी दाता सम्मानित
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारकोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुगेको घोषणा गरेको छ । सो अवसरमा कोषमा सहयोग गर्ने सयबढी दातालाई सम्मान समेत गरेको थियो । सहारा नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् । दाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा। यादव र नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कोषको ब्याजबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताउनुभयो । उहाले नयाँ कार्यविधि बनाएर सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराउनुभयो ।






