Logo

पत्रकार उपचार कोषमा बिर्ता आयुर्वेदको सहयोग



झापा, १४ भदौ । बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ ।

बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्बदा भट्टराईले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरिन् ।

बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार उक्त रकम प्रदान गरिएको हो ।

उक्त अवसरमा अभियान नेपलका लागि विष्णु आचार्यलाई ३ हजार ५५५ र परोपकार बृद्धाश्रमलाई ३ हजार ५५५ पनि सहयोग प्रदान गरिएको थियो ।

सञ्चालक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका अध्यक्ष गिरीले वार्षिकोत्सवको शुभकामनासहित कोषमा सहयोग गरेकोमा बिर्ता आयुर्वेद परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कविराज कमल रिजालले बिर्ता आयुर्वेदको सेवा बारे जानकारी गराएका थिए भने कर्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्