झापा, १३ पुस । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १ सय २० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीम बहादुर कार्कीले जानकारी दिए । विद्यालयमै पुगेर पूर्व विद्यार्थी परियारले स्वीटर वितरण गरेका हुन् । विद्यालयका जग्गादाता, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावकसमेतको उपस्थितिमा स्वीटर वितरण गरिएको शिक्षक सिपी भट्टराईले जानकारी दिए ।
पूर्व विद्यार्थी परियारले बिर्तामोडका सामाजिक एवम् व्यवसायी व्यक्तित्वको सहयोगमा स्वीटर वितरण गरेका हुन् । परियारका अनुसार बिर्तामोडका व्यवसायी निर्मल भट्टराई, सुवास भट्टराई, संजिव घिमिरे, दिवाकरलाल चौधरी, पिन्टु शाह, नविन ढुङ्गानाको सहयोगमा १२० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
स्वीटर वितरण गर्दै परियारले आफुले अध्ययन गरेको विद्यार्थीलाई स्वीटर वितरण गर्न पाउदा खुशी व्यक्त गरेका छन् । विद्यार्थी र विद्यायलयका लागि सधैं सहयोग गर्ने परियारको भनाई थियो । उनले शिक्षक, अभिभावकलाई विद्यालय उत्कृष्ट बनाउन आग्रह समेत गरेका छन् ।