काठमाडौँ, २५ जेठ । काठमाडौं । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । शनिबार भोलिका लागि तोकेको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिनुुभएको छ ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताउनुुभयो ।
निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गर्नुुभएको छ ।
मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघमा तालाबन्दी पनि गरेका थिए ।








