काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्यले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वत: मुक्त हुने निर्णय गरेको छ ।
महासङ्घको केन्द्रीय कार्यालयमा बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ । यदि महासङ्घको सदस्यता परित्याग नगरि उम्मेदवारी दिने व्यक्ति महासङ्घमा कायम रहेको पदबाट स्वत: मुक्त हुने निर्णय गरेको छ ।
यस्तै, महासङ्घले स्थानीय तहको निर्वाचनमा महासङ्घका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।