Logo

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ: राउत



काठमाडौँ, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले पदका लागि नभइ देशलाई सङ्कटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका हुन् ।

उनले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । उनले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको हो भन्दै प्रश्न पनि गरे । अनुहार, जाति र समुदायभन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्