बुटवल, १८ साउन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिस्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गरेका हुन् ।
पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरूको त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औँल्याएका थिए ।







